पाकिस्तानी प्रधानमन्त्रीले भने : भारतको आरोप निराधार, चीन र अमेरिकालाई धन्यवाद

काठमाडौं– पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले शनिबार राति राष्ट्रका लागि सम्बोधन गर्दै अमेरिका, बेलायत र चीनलाई धन्यवाद दिएका छन् ।
भारत र पाकिस्तानबीच युद्धविराम सहमति घोषणा भएपछि उनले त्यसका लागि पहल गरेकोमा धन्यवाद दिएका हुन् ।
प्रधानमन्त्री शरीफले पाकिस्तानी सेना, नौसेना र सशस्त्र बलका अधिकारीहरूलाई नामै लिएर बधाई दिएका छन् । बीबीसीका अनुसार उनले पाकिस्तानका विपक्षी दलहरूप्रति पनि आभार व्यक्त गरे ।
उनको भारतले आफ्नो देशविरुद्ध लगाइएका आरोप निराधार भएको र यसको जाँच गर्ने पनि दाबी गरे । शहबाज शरीफको सम्बोधनबारे भारतले प्रतिक्रिया दिएको छैन ।
भारतीय भारतीय विदेशसचिव विक्रम मिस्रीले शनिबार नै एक विशेष पत्रकार सम्मेलन आयोजना गर्दै पाकिस्तानले सम्झौताको घोर उल्लंघन गरिरहेको आरोप लगाएका थिए ।

प्रतिक्रिया