काठमाडौं– मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्युरो सदस्य भीम चापागाईँ (राजन) केन्द्रीय कार्यालयमै कुटिएका छन् ।
पार्टीको केन्द्रीय कार्यालय कुपण्डोलमै उनी केन्द्रीय सदस्यबाट कुटिएका हुन् ।
उनलाई केन्द्रीय सदस्य प्रभातले कार्यालयको एक कोठाभित्र कुटेका हुन् ।
पार्टीको आर्थिक अनियमितताको विषयलाई लिएर विवाद बढ्दै गएपछि कुटपिटमा परिणत भएको हो ।
चापागाईँले आफुलाई केन्द्रीय सदस्य प्रभातले आफुलाई कुटेको विषय पार्टीमा उजुरी गरेपछि कार्यवाहक महासचिव सिपि गजुरेलले जारी गरेको सर्कुलर अनुसार नेता कुमुदको नेतृत्वमा छानविनि समिति गठन गरिएकोउल्लेख छ । छानविन समितिलाई एक हप्ताको समय दिइएको छ । पार्टी एक साताअघि सर्कुलर जारी गरेको हो ।
चापागाईमाथि नेता–कार्यकर्ताले पार्टीका नाममा चन्दा लगायत सहयोग उठाउने तर संस्थागत नगरेको आरोप लाग्दै आएको छ ।
यसबारे सौगात खबरले प्रतिक्रिया लिन खोज्दा चापागाईँले आफु अस्पतालमा रहेको र पछि कुरा गर्ने भन्दै पन्छीन खोजे ।