भारतीय प्रधानमन्त्रीको दाबी : पाकिस्तानको छातीमा बसेको आतंकको अड्डा ध्वस्त पारिदियौं

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बेलुकी राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले पाकिस्तानको छातीमा बसेको आतंकको अड्डा ध्वस्त पारिदिएको दाबी गरेका छन् ।
प्रधानमन्त्री मोदीले आफूहरुको आक्रामक कारबाहीमा पाकिस्तानले तनाव कम गर्न दुनियाँ भरका मुलुकसँग सहयोग मागेको बताएका छन् ।
पाकिस्तानको तयारी सीमामा युद्ध तयारी रहेको र आफुहरुले पाकिस्तानको छातीमै वार गरेको दाबी मोदीको छ ।
भारतको कारबाहीपछि पाकिस्तान दुनियाँभरमा तनाव कम गर्न गुहार माग्नतिर लागेको बताए ।
प्रधानमन्त्री मोदीले भने, ‘पाकिस्तानको छातीमा बसाइएको आतंकको अड्डालाई खण्डहर बनायौं ।’
भारत प्रशासित जम्मु कश्मिरमा १० वैशाखमा आतंकवादी समूहले गोली हानेर एक नेपालीसहित २६ जनाको विभत्स हत्या गरेको थियो । त्यसको दुई सातापछि आतंकवादविरुद्धको कारबाही भन्दै भारतले अपरेसन सिन्दुर नाम दिएर पाकिस्तान प्रशासित कश्मिर र पाकिस्तानमा हवाई आक्रमण गरेको थियो ।

प्रतिक्रिया