


काठमाडौं – भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी शनिबारबाट शुरु हुने भएको छ ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीआईसीसी)ले सूचना जारी गर्दै बाँकी खेल शनिबारबाट पुनः शुरु हुने जनाएको हो।
फाइनल खेल जुन ३ मा हुनेछ ।
सुचनामा गत बिहीबार रद्द गरिएको पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि हुने जनाइएको छ ।


