


काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सांसद गीता गुरुङले आफ्नो पदबाट राजीनामा दिएकी छन् । राउत नेतृत्वको जनमत पार्टीकी समानुपातिक सांसद गुरुङले राजीनामा दिएकी हुन् ।
लुम्बिनी प्रदेश सभाका सभामुखसमक्ष मंगलबार उनले बुझाएको राजीनामामा देश र जनताको पीर मर्का आफूले राम्ररी बुझेको तर आफुले केही गर्न नसकेको भन्दै राजीनामा दिएको उल्लेख छ ।



