सांसद गुरुङले राजीनामा दिनुको भित्रि कारण ?

वैशाख ३०, काठमाडौं । जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङले बेलायतबाट राजीनामा पठाएको खुलाशा भएको छ । बेलायत रहेकी गुरुङले सभामुख तुलाराम घर्तिमगरलाई मंगलबार पत्र लेखेर राजीनामा पठाएकी हुन् ।

रुपन्देहीकी गुरुङलाई जनमतले समानुपातिक सांसद बनाएको थियो । सांसद पदबाट राजीनामा दिएकी गुरुङका श्रीमान् कैलाश गुरुङ अघिल्लो महिना उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपालमा प्रवेश गरेका थिए । यादव भैरहवा गएर जनमतका नेता कार्यकर्तालाई जसपा नेपालमा स्वागत गरेका थिए । उनका श्रीमान् कैलाश जनमत पार्टीको कार्यकारणी सदस्य एवं आदिवासी महासंघको अध्यक्ष समेत थिए ।

बेलायतमा बस्ने हुँदा पार्टी र संसदप्रति जिम्मेवारी बहन गर्न नसकेको उनले बताएकि छन् । गुरुङले सभामुखलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नभएको राजीनामा पत्रमा लेखिएको खुलेको छ ।

प्रतिक्रिया