काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौताबाट बाहिरीने निर्णय गरेका छन् ।
फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेले यो निर्णयलाई सार्वजनिक गरेका हुन् ।
उनले आफ्नो निर्णयलाई क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभई, व्यक्तिगत र पेशागत विकासतर्फको पाइलो भएको बताएका छन्।
सन्दीपले क्यानप्रति आभार प्रकट उनले लेखेका छन्, ‘क्यानले मेरो क्रिकेट यात्रा र नेपालको क्रिकेटलाई अघि बढाउन खेलेको भूमिकाको म उच्च कदर गर्छु। जीवन निरन्तर बदलिंदै जाने यात्रा हो। म क्रिकेटसँगै जीवनका नयाँ आयामहरूमा समेत अघि बढ्न उत्साहित छु’ ।
अन्त्यमा उनले आफ्ना समर्थक र शुभेच्छुकहरूलाई धन्यवाद दिएका छन् ।
सन्दीप केन्द्रीय सम्झौता अन्तर्गत क्याटेगोरी ए मा समावेश थिए । सन्दीपको निर्णयलाई अप्रत्यासित रुपमा लिइएको छ ।