काठमाडौं– टर्कीको स्तानबुलमा हुने रुस र युक्रेनबीचको शान्ति वार्तामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने भएका छन् ।
बीबीसीका अनुसार बिहीबारदेखि हुने वार्तामा भाग लिने व्यक्तिहरूको सूचीमा राष्ट्रपति भ्लादिमिर पुटिनको नाम समावेश नभएपपछि उनी सहभागि नहुने निश्चित भएको हो ।
रूस र युक्रेनबीचको तीन वर्ष चलेको ुद्धको अन्त्य गर्नेबारे शान्ति वार्ता बिहीबारदेखि हुन लागेको हो ।
वार्ताको बारेमा रुसले जारी गरेको बक्तव्यमा रूसी प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति पुटिनका सहयोगी भ्लादिमिर मेदिन्स्कीले गर्नेछन् ।
पुटिन र जेलेन्स्कीले सन् २०१९ डिसेम्बरपछि एकअर्कालाई भेटेका छैनन् । रूस र युक्रेनले यसअघि मार्च २०२२ मा इस्तानबुलमा प्रत्यक्ष वार्ता गरेका थिए ।