कांग्रेसका मोहन बस्नेतको सांसद पद स्वतः निलम्बन

काठमाडौं – नेपाली कांग्रेसका नेता पूर्वमन्त्री मोहन बस्नेतको सांसद् पद स्वतः निलम्बन हुने भएको छ ।
भ्रष्टाचार सम्बन्धी ऐन अनुसार भ्रष्टाचार गरेको कसुरमा बस्नेतविरुद्ध मुद्दा दर्ता भएसँगै उनको पद निलम्बन हुने भएको हो । उनी सिन्धुपाल्चोकबाट प्रतिनिधि सभा सदस्य निर्वार्चित भएका थिए ।
तर, यस सम्बन्धी औपचारिक प्रतिक्रिया जानकारी पाएपछि मात्रै दिइने संसद सचिवालय स्रोतले बताएको छ ।
प्रतिनिधि सभा सदस्य बस्नेतविरुद्ध टेरामक्स प्रकरणमा बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको हो ।

प्रतिक्रिया