बझाङ– १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बझाङमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा छबिसपाथिभेरा गाउँपालिका–४ झुतेडा बस्ने ३२ वर्षीय केशर खत्री छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
केशरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ