काठमाडौं– आइसिसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको खेलमा नेपालले बहराइनलाई पराजित गरेको छ ।
थाइल्यान्डको बैंककमा जारी एसिया छनोटअन्तर्गत नेपाल आफ्नो चौथो खेलमा बहराइनलविरुद्ध जित निकालेको हो ।
कप्तान इन्दु वर्माको आक्रामक इनिङको मदतमा नेपालले बहराइनमाथि ६ विकेटको जित निकालेको हो ।
वर्षाका कारण छोट्याइएको खेलमा डकवर्थ लुइसका आधारमा ७ ओभरमा ५६ रनको लक्ष्य पाएको नेपालले ५ दशमलव ४ ओभरमा सो लक्ष्य भेटाएको हो । नेपालको जितमा कप्तान वर्माले ७ बलमा २४ रनको इनिङ खेलिन । एक समय कमजोर रहेको नेपाली इनिङलाई इन्दुले उकासेकी हुन् । योसँगै नेपालले सुपर थ्रीको सम्भावना कायमै राखेको छ।