भुवन बोहरा,डडेल्धुरा– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले गभर्नर नियुक्तिमा अनेकौ चलखेल र प्रपञ्च गरिरहेको दाबी गरेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेको प्रचण्डले जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
तत्काल नियुक्ति गर्नुपर्ने पद भए पनि सरकार चलखेलमा लागेको प्रचण्डको दाबी छ ।
वर्तमान सरकार सरकार राष्ट्र र जनताको हितविपरीत गइरहेको बताउँदै पार्टीले चलाइरहेको अभियान सरकारले भ्रष्टाचारीको संरक्षणमा लागेको सरकारको विरुद्ध भएको प्रचण्डको भनाइ छ ।