काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप लामिछानेको पछिल्लो कदमबारे प्रतिक्रिया दिएका छन् । केन्द्रीय सम्झौतामा नबस्ने निर्णय उनको आफ्नो स्वेच्छाको विषय भएको उनको भनाइ छ ।
एक सञ्चारकर्मीसँगको कुराकानीमा भनेले सन्दीप व्यवसायिक हुन खोजेको बताएका छन् ।
चन्दले भनेका छन् ‘उहाँले गर्न सक्ने विज्ञापनहरूमा तथा फ्रेन्चाइज टिमसँग गर्ने लेनदेनको कुराहरूमा अलिकति अन्य खेलाडीभन्दा छुट हुन सक्छ । तर सम्झौतामा नबस्दा पनि टिमको कोड अफ कन्डक्ट चाहिँ पालन गर्नैपर्ने हुन्छ।’
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका सन्दीपले आफू यसपटक क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने घोषणा गरेका थिए । त्यसपछि यसबारे विभिन्न कोणबाट बहस भइरहेका छन् । सन्दीप नेपालका सर्वाधिक सफल बलर हुन् ।