काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स प्लेअफमा पुग्न असफल भएको छ ।
रोयल च्यालेन्जर्स बैंग्लुरु र कोलकाता नाइट राइडर्सबीचको खेल रद्द भएपछि असफल भएको हो ।
श्निबार रातिको खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले अंक बाडेका थिए ।
यससँगै कोलकाता प्लेअफ दौडबाट बाहिरिएको छ भने बैंग्लुरु अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ । आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र पञ्जाब किङ्गस तथा दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुनेछ ।