अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई प्रोष्टेट क्यान्सर पुष्टि

काठमाडौं–अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोष्टेट क्यान्सर भएको पुष्टि भएको छ । बीबीसीका अनुसार ८२ वर्षीय बाइडेनलाई गत हप्ता मूत्र सम्बन्धी लक्षणहरूका लागि डाक्टरले जाँच गरेपछि शुक्रबार क्यान्सर भएको पुष्टि भएको हो ।
चिकित्सकहरुका अनुसार यो क्यान्सरलाई आक्रामक प्रकारको क्यान्सर मानिन्छ ।
बाइडेन र उनका परिवारले उपचारका विभिन्न विकल्पहरूमा विचार गरिरहेको समाचारमा बताइएको छ ।
उनी अमेरिकी इतिहासमा सबैभन्दा अधिक उमेरमा राष्ट्रपति बनेका व्यक्ति हुन् ।

प्रतिक्रिया