भक्तपुर, जेठ ५-शारीरिक स्फूर्ति, मानसिक सन्तुलन र सौन्दर्यप्रतिको बढ्दो रुचिलाई सम्बोधन गर्दै भिआईपी स्पाले भक्तपुरको राधेराधेमा नयाँ शाखा सुरुवात गरेको छ झाक्री प्रकाश भुजेलको प्रमुख आतिथ्यतामा यहि जेठ ५ गते आइतबार एक विशेष समारोहका बीच स्पाको विधिवत् उद्घाटन गरिएको हो ।
उद्घाटनलगत्तै सेवा सुरु भएको स्पामा पहिलो दिनमै उल्लेख्य संख्यामा ग्राहकहरूको घुइँचो देखिएको छ । काठमाडौंको जोरपाटीमा सफलतापूर्वक सञ्चालन हुँदै आएको भिआईपी स्पाले भक्तपुरमा पनि अर्को शाखा विस्तार गर्दै स्थानीयवासीलाई अत्याधुनिक, गुणस्तरीय सेवा सहज मूल्यमा उपलब्ध गराउने लक्ष्य राखेको छ । उद्घाटन कार्यक्रममा झाक्री प्रकाश भुजेलसँगै विभिन्न सामाजिक अगुवा, सञ्चारकर्मी, व्यवसायी तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । समारोहपश्चात अतिथिहरूलाई स्पाका विभिन्न सेवाहरुका विषयमा जानकारी गराइएको थियो ।
उद्घाटन गर्दै झाक्री प्रकाश भुजेलले तनावपूर्ण जीवनशैलीमा यस्तो सेवा अत्यन्त आवश्यक भएको र भिआईपी स्पाले भक्तपुरमा ल्याएको सुविधा अत्यन्त प्रशंसनीय रहेको बताए । उनले व्यक्तिगत रूपमा पनि सेवा अनुभव गरेकाले निकै सन्तोषजनक लागेको बताए । स्पाका संचालक मनिषराज अवालले भक्तपुरका जनताको आवश्यकता र सहज पहुँचलाई ध्यानमा राखेर शाखा विस्तार गरेका जानकारी दिए ।
मसाज विलासिता होइन, जीवनशैलीको एउटा महत्त्वपूर्ण अङ्ग हो भन्ने सन्देश दिने उदेश्यले स्पा सञ्चालन गरिएको बताए । उनका अनुसार स्पामा नेपाली परिवेश र अत्याधुनिक प्रविधिको संयोजन गरिएको छ, जसमा अनुभवी थेरापिष्टमार्फत सेवा प्रदान गरिन्छ ।
भिआईपी स्पाको नयाँ शाखामा आयुर्वेदिक मसाज, मोरोकन स्टिम मसाज, सौना (क्तभबm ७ म्चथ), फिस थेरापी, फेसियल, स्किन केयर तथा रिल्याक्स थेरापी र विशेषतः मोरोकन मसाज गर्ने ग्राहकलाई सित्तैमा फ्रेश फ्रुट र सलाड प्रदान गरिने लगायतका विभिन्न सुविधाहरु स्पाले उपलब्ध गराउने छ ।
उद्घाटन अफर–स्कुटर जित्ने मौका
स्पाले उद्घाटनको अवसरमा रु. २,००० वा सोभन्दा बढीको सेवा लिने ग्राहकका लागि चिट्ठामार्फत इलेक्ट्रिक स्कुटर जित्ने अफर सार्वजनिक गरेको छ । यो सीमित अवधिको अफरले नयाँ शाखामा झनै आकर्षण थपेको छ ।
स्वास्थ्य र सौन्दर्य दुवैलाई ध्यान
भिआईपी स्पाले आफूलाई केवल मसाज केन्द्रको रुपमा नभई समग्र स्वास्थ्य र सन्तुलित जीवनशैली प्रवद्र्धन गर्ने संस्थाको रुपमा प्रस्तुत गरेको छ । ‘स्पा भनेकै भिआईपी स्पा, राम्रो भनेकै हाम्रो स्पा’ भन्ने नारासहित संस्थाले गुणस्तर, स्वच्छता र ग्राहक सन्तुष्टिमा कुनै सम्झौता नगर्ने बताएको छ ।
राधेराधेमा भिआईपी स्पाको सेवा विस्तार केवल व्यवसायिक दृष्टिले मात्र नभएर जनस्वास्थ्य र सौन्दर्य सेवाको पहुँच विस्तारका लागि समेत महत्वपूर्ण मानिएको छ । पहिलो दिन देखिएको ग्राहकको उत्साह र भुजेलजस्ता लोकप्रिय व्यक्तित्वको समर्थनले भिआईपी स्पाको प्रभाव अझ बलियो हुने संकेत गरेको छ ।