काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि जेठ १५ गतेदेखिको आन्दोलन निर्णायक हुने चेतावनी दिएका छन् । गणतन्त्र दिवसको दिनदेखि आन्दोलन शुरु गर्ने र प्रधानमन्त्रीलाई भाग्न बाध्य पार्ने गरी आन्दोलन चर्काउने उनको भनाइ छ ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले सम्झौता नगर्ने हो भने हेलिकोप्टरबाट जाने मौका दिनुपर्ने भन्दै कटाक्ष गरे ।
उनले आन्दोलनमा आफूमात्र नभई सिंगो परिवार नै लिएर आउन आह्वान समेत गरे ।