उपप्रमुखसँग मुख मुखै लागेको भन्दै काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृतले सोधे राजुनाथ पाण्डेलाई स्पष्टिकरण

काठमाडौँ, वैशाख ६ । काठमाडौँ महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टिकरण सोधेका छन् । गुरागाँई महानगरपालिकामा फर्कीएको २ महिना बढी भएको छ । सुरुमा कसैप्रति आफ्नो समस्या नरहेको बताएका गुरागाँईले दुई महिनाापछि भने उपमेयर सुनिता डंगोलको दबाबमा पाण्डेलाई स्पष्टिकरण सोधिएको महानगर बताइएको छ । पाण्डेलाई जवाफ पेस गर्नका लागि ७ दिनको समय दिइएको छ।

पाण्डेलाई गत चैत २१ गते गुरागाईँ कार्यालय फर्किएको समयमा आफू मातहतको प्रहरी अनधिकृत रुपमा परिचालन गरी अभद्र व्यवहार र गैह्रकानुनी हर्कत गरेको भन्दै स्पष्टिकरण सोधिएको हो । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले काठमाडौँ टावरको अनधिकृत नक्सा पास गरेको भन्दै कारवाही गरेका गुरागाईँलाई महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, वडाध्यक्ष र कर्मचारीहरुले कार्यालयमा फर्काएका थिए ।

उनी कार्यालय आएको दिन गत चैत २१ गते नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे उपप्रमुखज्यु र अन्य जनप्रतिनिधिहरुसँग मुख मुखै लागी अमर्यादित व्यवहार देखाएको अवरोध गरेको, गुरागाईँ चढ्ने गाडीमा ह्वीm लक लगाईदिएको, हाजिरी कपी लुकाईदिएको कार्यालय परिसरमा उपस्थित जनप्रतिनिधिहरु समेतको बाटो छेकी अमर्यादित एवं अभद्र क्रियाकलाप गरेको, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्न लगाएको उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत एवं वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले पटक पटक अनुरोध गर्दा समेत ताला खोल्ने कार्यमा समन्वय, सहयोग नगरेको, प्रमुख प्रशासकीय अधिकृतले हाजिर गर्ने हाजिर पुस्तिका कब्जामा लिई हाजिर गर्न अवरोध गरेको, प्रमुख प्रशासकीय अधिकृतको निर्देशन नमानेरकर्मचारीका रुपमा आफूले पालना गर्नु पर्ने आचरण तथा अनुशासन समेत पालना नगरी अनुशासनहिन कार्य गरेको र सञ्चार माध्याममा अनधिकृत वयानवाजी गरेको लगायतका स्पष्टिकरण सोधिएको छ ।

गत चैत २१ गते गुरागाईँलाई कार्यालय फर्काउन उपप्रमुख सुनिता डंगोलले सक्रिय भूमिका खेलेकी थिइन् । उक्त दिन नगर प्रहरी प्रमुख पाण्डेलाई बालेनको नभएर महानगरेको नगरप्रमुखको रुपमा काम गर्न भनेकी थिइन् । तर पाण्डेले आफूले आदेश मात्र पालना गरेको बताएका थिए ।

प्रतिक्रिया