राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

काठमाडौं– सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद बैठकले पौडेललाई गर्भनर नियुक्त गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सहमति अनुसार राष्ट्रिय योजना आयोका पूर्वउपाध्यक्ष पौडेललाई गभर्नर नियुक्त गरिएको हो ।
गत चैत २२ गतेदेखि रिक्त गभर्नर चयनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमती हुन सकेको थिएन ।

प्रतिक्रिया