आईपीएल : ऋषभ VS धोनी ! उमेर अन्तर १६ वर्ष, मूल्य ७ गुणा बढी, तर पन्त धोनीको अगाडि फेल

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल २०२५) को यात्रा अब अन्तिम चरणमा छ । प्लेअफको तस्वीर पनि लगभग स्पष्ट छ । यो सिजन धेरै स्टार खेलाडीहरूको लागि राम्रो रहेन भारतीय सञ्चारमाध्यमका अनुसार यसमा पहिलो नाम ऋषभ पन्तको छ । जसलाई लखनऊ टोलीले आईपीएलको इतिहासमा सबैभन्दा ठूलो रकम, २७ करोड रुपैयाँमा किनेको थियो ।
न पन्तले ब्याटिङमा राम्रो प्रदर्शन गर्न सके थिए न त कप्तानीमा नै उनको कुनै ताकत थियो । धोनीको प्रदर्शनको तुलनामा पन्त पनि फिक्का देखिए ।
जबकि दुई बीचको उमेरको भिन्नता लगभग दोब्बर छ ।
एकातिर, ४३ वर्षीय धोनी छन्, जसको उमेर अब सन्यासको नजिक पुगेको छ, भने अर्कोतिर, २७ वर्षीय पन्त छन् जसलाई भारतीय क्रिकेटको भविष्य मानिन्छ ।
धेरै पटक, पन्तलाई धोनीको उत्तराधिकारीको रूपमा पनि हेरिन्छ । तर जब प्रदर्शनको कुरा आउँछ, उमेर, मूल्य, अनुभव – सबै पछाडि छोडिन्छन् ।

प्रतिक्रिया