२ महिनादेखि बालेन–सुनिता भेटघाट र बोलचाल बन्द ! यस्तो छ बालेनको योजना

काठमाडौं–देशभर सर्वाधिक चर्चामा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र उपमेयर सुनिता डंगोलबीच बोलचाल बन्द भएको २ महिना बढी भएको छ ।
प्रमुख प्रशासकिय अधिकृतको विषयलाई लिएर बढ्दै गएको विवाद बोलचाल बन्दमा गएर रोकिएको हो ।
उपमेयर डंगोलसँगै कार्यकारी र नगर प्रवक्तासँग पनि बालेनको भेटघाट भएको छैन् । विवादकै बीच नगर प्रहरी प्रमुख राजु पाण्डेलाई प्रशासकिय अधिकृतले स्पष्टिकरण सोधेपछि बालेन–सुनिता दुरी झनै बढेको हो । बालेन निकटहरु पछिल्लो समय आफुमाथि राजनीतिक रुपमा आक्रमण भइरहेको र त्यो एमालेबाट बढी रहेको बताउँदै आएका छन् ।
विवादकै बीच आगामी आर्थिक वर्षको बजेट नै प्रभावित हुन्छ कि भन्ने चर्चा समेत चल्न थालेको छ । तर बालेनका प्रेस सल्लाहकार सुरेन्द्र बजागाँई मेयर बालेनले आफ्ना नियमीत कामहरु गरिरहेको बताउँछन् ।
उनले सौगातखबरसँग भने,‘बजेट प्रभावित हुँदैन । विभिन्न शाखा र समितिहरुले काम शुरु गरेका छन् । महानगरको विकास र हितका लागि मेयरसाप सदैव प्रतिवद्ध हुनुहुन्छ ।’ उनले अन्य विषयमा कुरा गर्न चाहेनन् ।
पछिल्लो नेकपा एमालेको एक सभामा उपमेयर सुनिता डंगोलले गरेको भाषणले पनि मेयरसंग दुरी बढेको बताइन्छ ।
बालेन निकटहरुका अनुसार आफैले हटाएको प्रमुख प्रशासकिय अधिकृतसँग काम गर्न सहजता भने छैन् । गुरागाँईलाई हाजिर गराएर सरुवा गर्ने विषयमा पनि भद्र सहमती भएको र त्यो कार्यान्वयन नभएको बालेनको गुनासो छ ।
बालेनले संघीय राजधानी काठमाडौं महानगरपालिकाको बागडोर सम्हालेको तीन वर्ष पूरा भएको छ । यसबीचमा उनी जनतामा विवादित नबनेपछि कार्यपालिकामा भने एमाले–कांग्रेसका जनप्रतिनिधीको निशानामा पर्दै आएका छन् ।
काठमाडौं महानगरको ४२ सदस्यीय नगर कार्यपालिकामा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिको बहुमत छ ।
काठमाडौं महानगरपालिकामा विगत ६ महिनादेखि कार्यपालिका बैठक बस्न सकेको छैन् ।
बालेन निकटहरु भन्छन्,‘जहाँसम्म सुनिता जी र अरुसँग बोलचाल भेट नभएको कुरा हो त्यसमा उहाँहरु नै जिम्मेवार छन् । मेयरसँग सम्वन्य गर्न उपमेयर वडाध्यक्ष आउने हो नी । उहाँहरुलाई खोज्दै मेयर जाने कुरा त हुँदैन नी ?’

प्रतिक्रिया