काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले राजावादी समूहसँग कुनै सहकार्य नहुने स्पष्ट पारेको छ । कार्यबाहक सभापति डोलप्रसाद डीपी अर्यालले राजावादी समूहका कुनै पनि गतिविधिमा आफूहरूको संलग्नता नरहने प्रष्टोक्ती दिएका हुन् ।
संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि राजावादी समुहले जेठ १५ गतेबाट आन्दोलन गर्ने तयारी गरेको छ । सोही उदेश्यका लागि गठित संयुक्त जनआन्दोलन समितिले रास्वपालाई पत्र लेख्दै सहकार्यको प्रस्ताव गरेको थियो ।
समितिका संयोजक नवराज सुवेदीले पत्रमार्फत प्रस्ताव गरेका थिए ।