भक्तपुर, वैशाख ७ । भक्तपुरको राधेराधे नजिकै स्थापना भएको ‘क्राउन एण्ड कर्लस युनिसेक्स सलोन’ विगत दुई वर्षदेखि सौन्दर्य सेवाको क्षेत्रमा विशिष्ट पहिचान बनाउँदै अघि बढिरहेको छ। सुपथ मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको यस सलोनले छोटो समयमै ग्राहकहरूको विश्वास जित्न सफल भएको छ।
महिला र पुरुष दुवैका लागि डिजाइन गरिएको यो युनिसेक्स सलोनमा हेयर कट, स्टाइलिङ, फेसियल, स्किन केयर, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर लगायतका सम्पूर्ण सौन्दर्य सेवाहरू उपलब्ध छन्। यहाँ कार्यरत सबै कर्मचारी दक्ष र तालीमप्राप्त छन्, जसले ग्राहकको सन्तुष्टि र आरामलाई प्राथमिकतामा राखेर सेवा दिने गरिन्छ।
सुरुदेखि नै सुपथ मूल्यमा गुणस्तरीय सेवा दिने लक्ष्य लिएको संचालक राज कार्कीको भनाइ छ । उनका अनुसार यही सोचले गर्दा आज देशका प्रतिष्ठित व्यक्तिहरू समेत सेवा लिन आउने गर्दछन। सेवा मात्र होइन, व्यवसायिक सीप विकासका लागि तालीम दिने काममा ‘क्राउन एण्ड कर्लस सक्रिय छ । ‘क्राउन एण्ड कर्लस’ ले सौन्दर्य क्षेत्रमा भविष्य बनाउने चाहना राख्ने युवायुवतीका लागि नियमित तालीम कार्यक्रम सञ्चालन गर्दै आएको छ। यहाँबाट तालीम प्राप्त गरेका धेरै युवाहरू हाल देशका विभिन्न स्थानमा सफलरूपमा कार्यरत छन्।
डिजिटल प्रविधिको प्रयोग गर्दै सलोनले त्तच् कोडमार्फत सेवा बुकिङ प्रणालीसमेत ल्याएको छ। ग्राहकले आफूलाई उपयुक्त समय र सेवा रोजेर सजिलै अनलाइनबाट बुकिङ गर्न सक्ने व्यवस्था गरिएको छ, जसले समयको बचतसँगै थप सहजता प्रदान गर्छ।
आज ‘क्राउन एण्ड कर्लस युनिसेक्स सलोन’ भक्तपुर मात्र नभई काठमाडौं उपत्यकाका लागि पनि सौन्दर्य सेवा क्षेत्रको भरपर्दो गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। सुपथ दरमा उच्च गुणस्तरका सेवाहरू, अनुभवी स्टाफ र व्यवस्थापनको पारदर्शिताका कारण यो सलोन दिनप्रतिदिन लोकप्रिय बन्दै गएको छ।