धनगढी–नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा संसदीय दलका नेता खगराज भट्ट पार्टीको सुदूरपश्चिम प्रदेश कार्यवहाक इञ्चार्ज बनेका छन् ।
पार्टीका उपमहासचिव समेत रहेका इञ्चार्ज गिरिराजमणि पोखरेलले भट्टलाई सो जिम्मेवारी दिएका छन् ।
पोखरेलले जारी गरेको सर्कुलरमा आफु केही समय अन्य काममा रहेकाले भट्टलाई कार्यवहाकको जिम्मेवारी दिइएको उल्लेख छ ।
खगराज यसअघि प्रदेश इञ्चार्ज रहिसकेका व्यक्ति हुन । तर पार्टीको आन्तरिक गुटबन्दी बढ्दै गएपछि उनलाई इञ्चार्जबाट हटाएर सचिव डिलाराम आचार्यलाई पठाइएको थियो । त्यसपछि पोखरेल इञ्चार्ज भएका हुन् । पार्टीमा भूमिका नपाएको भट्टले गुनासो गर्दै आएका छन् ।
भट्ट सुदूरपश्चिमबाट एकमात्र स्थायी कमिटी सदस्य हुन् ।