काठमाडौं– देशको संघीय राजधानी काठमाडौं । काठमाडौंमा सबैको नजर हुन्छ । राजधानीको शान्ती सुरक्षा कायम गर्नु चानचुने कुरा होइन ।
तर सबैले आफुलाई काठमाडौंमा विवादरहित बनाउने चुनौती भने हुन्छ । अहिले काठमाडौं प्रहरी प्रमुख छन्, एसएसपी विश्व अधिकारी ।
अधिकारीले काठमाडौंको कमाण्ड सम्हालेलगत्तै राजावादी समुहको प्रर्दशन हिसांत्मक बन्न पुग्यो । निजी सम्पत्ती तोडफोडदेखि आगजनीसम्मका घटना भए । आक्रमणमा सयौं व्यक्ति संलग्न थिए । तर एसएसपी अधिकारी नेतृत्वको काठमाडौं प्रहरीको टोलीले घटनामा संलग्न सबैको पहिचान गर्दै कानुनी दायरामा ल्यायो ।
घटनाको अनुसन्धान प्रहरीले सकेको छ ।
शिक्षक आन्दोलनमा पनि प्रहरीले देखाएको संयमताको प्रशंसा भयो । प्रहरीमा उच्च व्यावसायीक छविका अधिकृतका रुपमा चिनिने अधिकारी हालसम्म कुनै विवादमा मुछिएका छैन् ।
विभिन्न निकायमा अधिकारीसँग सहकार्य गरेका प्रहरी अधिकृतहरु नै भन्छन्,‘उनी आर्थिक रुपमा पारदर्शी अधिकृत हुन । यसबाहेक कामप्रति पूर्ण प्रतिवद्ध र व्यावायिक छन।’
एसएसपी अधिकारीले आर्थिक विवादमा मुछिए तत्काल कारवाही गर्ने चेतावनी समेत दिएको बताइन्छ ।
उनको भनाई उदृत गर्दै एक अधिकृतले भने,‘प्रहरीले कानुनले दिएको अधिकार प्रयोग गर्दै काम गर्ने हो । त्यो बाहेकका गतिविधीमा लागेको पाइए म निर्मम रुपमा प्रस्तुत हुन्छु ।’
काठमाडौं प्रहरीको कमाण्ड सम्हालेपछि उनले अपराध र अपराधिसँग ‘नो कम्प्ररमाइज’को नीति लिएका छन् । अवान्छित गतिविधीमा नजर छ ।
पछिल्लो समय विभिन्न समुहका नाममा संविधान विरोधी गतिविधी बढ्न थालेपछि एसएसपी अधिकारीले त्यस्ता गतिविधीमा सुक्ष्म निगरानी राख्न महाततका कमिटीलाई निर्देशन समेत दिएका छन् ।