काठमाडौं– नेपाल समाजवादी पार्टी नेसपाको गङ्गानारायण श्रेष्ठ समूहले मात्र नेकपा माओवादी केन्द्रसँग एकता गर्ने भएको छ । सो समुहसँग जेठ १२ गते एकता हुने भएको हो ।
एकता गर्ने पूर्वसहमतबिाट अध्यक्ष महन्द्र राय यादव पछि हटेपछि श्रेष्ठको समुह माओवादीमा समाहित हुन लागेको हो ।
यसबारे निर्णय गर्न सह–अध्यक्ष श्रेष्ठ समूहले जेठ ११ गते विस्तारित बैठक समेत बोलाएको छ ।
मध्यपहाडी मार्ग केन्द्रति अभियान अन्तर्गत जेठ १० गतेसम्मको कार्यक्रम सम्पन्न गरेर माओवादी अध्यक्ष प्रचण्डसहितको टोली जेठ ११ गते काठमाडौँ आउँदै छ । श्रेष्ठ पुर्व माओवादी नेता समेत हुन् । डा बाबुराम भट्टराईसँगै उनले माओवादी छाडेका थिए ।