जेठ २२, काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत सीइओ पदमा मनोज कुमार ज्ञवाली नियुक्त भएका छन ।
कामु सीइओ रहेका ज्ञवालीलाई बैंक सञ्चालक समितिको बिहिबार बसेको बैठकले प्रमुख कार्यकारी अधिकृत सीइओको जिम्मेवारी दिइएको हो ।
ज्ञानेन्द्र ढुंगानाले गत चैत १० गतेदेखि लागू हुने गरी सीइओ पदबाट राजीनामा दिएपछि बैंक सञ्चालक समितिले उनलाई कामु सीइओको जिम्मेवारी दिएको थियो। त्यसअघि नै उनी वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका थिए। नबिलमा उनी नायब महाप्रबन्धकबाट प्रवेश गरेका हुन्।
महाप्रबन्धक, नायब प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुँदै बिहीबारबाट प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन ।
नियामक नेपाल राष्ट्र बैंकमा काम गरिसकेका ज्ञवाली चार्टर्ड एकाउन्टेन्ट हुन्। उनी नबिल बैंक छिर्नुअघि ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए। उनले ग्लोबल आइएमइ बैंकमा पनि काम गरेका थिए।