जेठ २४, रसुवा । लाङटाङ हाफ म्याराथनकाे उपाधि सोलुखम्बुका मिलन कुलुङले जितेका छन् । लाङटाङको क्यान्जिन देखि स्याफ्रुबेसि सम्मकाे ३२ किलोमिटर लामो लाङटाङ हाफ म्याराथनकाे उपाधि कुलुङले हात पारेका हुन ।
उक्त हाफ म्याराथनमा विशाल राई दोस्रो, अर्जुन कुलुङ राई तेस्रो भएकाे रसुवा नुवाकाेट पर्यटन समाजले जनाएकाे छ । तेस्तै कृष्ण सिंह बोगटी चौथो र गोपाल तामाङ पाँचौ भएका छन् । महिला तर्फ सुनसरी रोकाया प्रथम, लाक्पा निमा शेर्पा दाेस्राे र निर्मला राई तेस्राे भएकी छिन् । चौथो आङपुर्बा शेर्पा र पाँचौ प्रिया राई भएको समाजका अध्यक्ष बलराम न्याैपानेले बताउनु भयाे । तेस्राे पर्यटकीय पदमार्ग रहेको लाङ्टाङ क्षेत्रकाे पर्यटन प्रबर्द्धन तथा प्रचार प्रसार गर्ने उदेश्यले लाङटाङ हाफ म्याराथन आयोजना गरिएकाे हाे ।
जसकाे लुम्बिनी संचार प्रतिष्ठानले प्रतियाेगिताकाे मिडिया कभरेज गरेकाे आयाेजक रसुवा नुवाकोट पर्यटन समाजले जनाएकाे छ । प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरि ६७ जनाले सहभागिता जनाएका थिए । म्याराथनमा प्रथम द्वत्तिय र तृतिय हुने प्रतियोगिलाई क्रमशः एक लाख, पच्चतर हजार र पचास हजार रुपैयाँले पुरस्कृत गरेकाे हाे। त्यसैगरी चौथो र पाँचौ हुने प्रतियोगीले क्रमशः पच्चिस हजार तथा पन्ध्र हजार रुपैयाँ पाएका छन् । लाङटाङ ट्रेल रन प्रतियोगितामा सहभागी महिला तथा पुरुष दुवैलाई समान पुरस्कारको ब्यवस्था गरिएको थियाे ।
प्रतियाेगिता अवधिभर संचार प्रतिष्ठानले क्यांजिन गुम्वा, लाङटाङ भ्यालि, थानसेप, रिभरसाइ, लामाहाेटेल, रिम्चे, ब्याम्वु, पहिराे गाउँ, स्यार्पुबेसीसम्मै माेनिटरिङ गरेकाे संयाेजक गगन नेउपाने र उर्जा तामाङले जानकारी दिनु भयाे ।