


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट्राचारमा शुन्य सहनशीलताको नारा दिइरहेका बेला वीरगञ्जमा भने वडाध्यक्ष र सरकारी कार्यालयका हाकिमकै मिलेमतोमा ठुलो भ्रष्टाचार भएको छ । जसको नेतृत्व गरेका छन् वीरगन्ज महानगरपालिका–१६ का वडाध्यक्ष पर्शुराम कुमार चौरसिया र जिल्ला पुर्वाधार कार्यालयका प्रमुख लालबाबु रायले ।
उनीहरुकै मिलेमतोमा नगवा शिवमन्दीर हुँदै दक्षिण टोलसम्म ढलान रोड निर्माणमा अनियमितता भएको हो । ६५ लाखमा निर्माण भइरहेको सडकमा अनियमितताका लागि नक्कली उपभोक्ता समिति समेत गठन गरिएको छ ।
सुवागो कम्पनीले ठेकेदार हरि रौनियारलाई कामको जिम्मा दिएको थियो ।
यसबीचमा उपभोक्ता समिति गठन गरियो । वडाध्यक्षकै उपस्थितीमा उपभोक्ता समिति गठन गरिएको छ । तर रोचक कुरा त के छ भने समितिका सदस्य रहेकाहरुलाई नै आफु समितिमा रहेको जानकारी छैन् ।
उपस्थित नै नभएकाहरुको ल्याप्चे र हस्ताक्षर वडाअध्यक्षकै योजनामा भएको छ । यससम्बन्धी सबै प्रमाण हामीले फेला पारेका छौं ।
समितिको वैठकमै नजाँदा आफ्नो नामको हस्ताक्षर देखिएपछि कतिपय चकित भएका छन् । आफ्नो हस्ताक्षर किर्ते गरेको बताउँदै एकजनाले भने,‘म भेलामै गएको थिएन । तर मेरो नामको हस्ताक्षर र ल्याप्चे गरियो । यो अपराधमा संलग्नलाई कारवाही हुनुपर्छ । यसमा वडाध्यक्षजीको सिधा मिलेमतो छ ।’
अर्कोतर्फ नक्कली उपभोक्ता समिति गठन भएको जानकारी पाउँदा पाउँदै पुर्वाधार विकास कार्यालयका प्रमुख लालबाबु राय पनि मौन बसेका छन् । उनले घटना बाहिर जान नदिन पहल समेत गरेको बताइन्छ ।
विषय यतिमा मात्रै सिमित छैन् । सार्वजनिक विकास निर्माण कार्यको सुचना माग्दा वडाध्यक्षले उल्टै सुचना उपलब्ध गराउन नसक्ने पत्र दिएका छन् ।
सुचनाको हक प्रयोग गरेर हरेक नागरिकले सुचना माग गर्न पाउँछ । तर सुचना नदिदा दालमा केही कालो छ भन्ने स्पष्टै भएको छ ।
यसबारे वडाध्यक्षलाई टेलिफोन सम्पर्क गर्दा उनले सबै काम सहि भएको दाबी गरे । तर उनको दाबीमा सत्यता छैन् । प्रमाणले वडाध्यक्षकै मिलेमतो प्रष्ट पार्छ । तर कोही उपस्थित नभएका हुनसक्छन् भन्दै उनी पन्छिन खोजे । तर आफै उपस्थित भएर गठन भएको उपभोक्ता समितिमा वडाध्यक्षकै योजनामा फर्जि काम भएको र अख्तियारले घटनाको अनुसन्धान गर्नुपर्ने माग स्थानीयले गरेका छन् ।
घटना सामसुम र गुपचुप पार्न वडाध्यक्ष घरघर घाइरहेको बताइन्छ ।
जिल्ला पुर्वाधार विकास कार्यालयका प्रमुखसँग यसबारे कुरा गर्न खोज्दा उनले फोन उठाएनन् । यसबारे सबै प्रमाण हामीले फेला पारेका छौं । यसबारे थप पमाण पनि फेला परेका छन् । बीचैमा काम रोकेर अर्को उपभोक्ता समिति गठन गरेको सुचना प्राप्त भएको छ । प्रमाणसहित फओलप अपडेट जारी रहनेछ ।


