वीरगञ्ज–१६ मा वडाध्यक्ष र ठेकेदारको मिलेमतोमा अवैध काम, हेर्नुस् प्रमाणसहित

काठमाडौं– वीरगञ्जमा भने वडाध्यक्ष र सरकारी कार्यालयका हाकिमकै मिलेमतोमा ठुलो भ्रष्टाचार भएको छ । वीरगन्ज महानगरपालिका–१६ का वडाध्यक्ष पर्शुराम कुमार चौरसिया र जिल्ला पुर्वाधार कार्यालयका प्रमुख लालबाबु रायसहित अन्य ठेकेदारको मिलेमतोमा अवैध काम भएको पाइएको छ । जसको प्रमाण फेला परेको छ ।
उनीहरुकै मिलेमतोमा नवुवा शिवमन्दीर हुँदै दक्षिण टोलसम्म ढलान रोड निर्माणमा अनियमितता भएको हो । ६५ लाखमा निर्माण भइरहेको सडकमा अनियमितताका लागि नक्कली उपभोक्ता समिति समेत गठन गरिएको छ । उपभोक्ता समितिको बैठकमै नगएका ४ जनाको नक्कली हस्ताक्षर र ल्याप्चे लगाइएको छ ।
सुवागो कम्पनीले ठेकेदार हरि रौनियारलाई कामको जिम्मा दिएको थियो ।
यसबीचमा उपभोक्ता समिति गठन गरियो । वडाध्यक्षकै उपस्थितीमा उपभोक्ता समिति गठन गरिएको छ । तर केही दिनअघि फेरि अर्को उपभोक्ता समिति गठन गरिएको छ । जसको सुचना हामीले प्राप्त गरेका छौं ।
समितिको वैठकमै नजाँदा आफ्नो नामको हस्ताक्षर देखिएपछि कतिपय चकित भएका छन् । यतिसम्मकी सुचना माग्दा पनि वडाध्यक्षले दिएका छैनन् । यस्तो गम्भीर भष्ट्राचारमा अख्यितारको नजर पर्न जरुरी छ ।
वडाध्यक्षले अहिले पनि सडक निर्माण कार्य रोकेका छैनन् । हाम्रो स्रोतका अनुसार राति–राति काम गराइरहेका छन् । उनीविरुद्ध अख्तियार जाने तयारी स्थानीयले गरेका छन् ।

यसको निरन्तर अपडेट र फओअप हामी गरिरहनेछौं
हेर्नुस् नक्कली उपभोक्ता समिति

प्रतिक्रिया