


काठमाडौँ । चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड, श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा करिब दुई दर्जन बढी कलाकर्मी एकसाथ सम्मानित भएका छन् । ‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन, नव प्रतिभाको पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ शुक्रबार आयोजित चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्डबाट दर्जन बढी कलाकर्मी सम्मानित भएका हुन् ।
उपमा सञ्चार प्रा.लि र तेज नेपाल मल्टिमिडिया प्रा.लि.को संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल,चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सि.र आशा गौतम, तेज नेपाल मल्टिमिडियाका अध्यक्ष सुमन कुमार श्रेष्ठ लगायत अतिथि रहेका थिए ।
कार्यक्रममा कलाकार सविन बास्तोला, पत्रकार कृष्ण भट्टराई, गायक तथा सङ्गीतकार थानेश्वर गौतम, लोक गायक तथा सङ्गीतकार राजन भुजेल विश्वकर्मा श्रष्टा सम्मानद्वारा सम्मानित भए ।
त्यसैगरी दशक सम्मानबाट गायिका माण्डवी त्रिपाठी, लोक गायक कुलेन्द्र विश्वकर्मा, लोक गायिका देवी हमाल, सिनेम्याटोग्रफर नीरज कँडेल, गायक विनोद ढकाल, कलाकार पन्हा अधिकारी, गायिका कविता राउत, गायक चेतम गोतामे, गायिका शोभा पाण्डे, गायिका सरला राउत, गायिका मनु थापा मगर, सञ्चारकर्मी रिदेन महर्जन, सञ्चारकर्मी निर्मल पौडेल, विक्रम सुनार, ग्राफिक्स डिजाइनर, सम्पादक रमेशमान श्रेष्ठलाई सम्मान गरिएको थियो ।
सोही अवसरमा थुप्रै कलाकर्मीलाई अवार्ड समेत प्रदान गरिएको थियो । अवार्ड प्राप्त गर्ने कलाकर्मीमा सिताराम परियार, छवि घिमिरे, होमनाथ कुँवर, विनय कार्की, सारु मगर, अस्मिता गोर्खाली, श्याम राना, शितल शर्मा, पुजा परियार, नारायण राई, सबिता कार्की, अस्मिता खनाल, रिजन बस्याल, अप्सरा राउत क्षेत्री, रमेश लामिछाने, युमिसा पुरी छन् । त्यस्तै थुमन शर्मा, भुवन के। पोख्रेल, देव नारायण मगर, सबिता परियार, कल्पित मिनु, सोब्राटी मन्सुरी, विवेक धिताल, पार्वती रोकाया, चन्द्रकला देवकोटा, विनय खत्री, कृष्ण ढकाल, सफल अर्याल, सुवास रेग्मी, करन कँडेल, राजु तिमल्सिना, प्रिती पुन मगर, बिना ठकुरी, नरेश के।सि।, समिर तिमल्सिना, शोभा त्रिपाठी, विमल नेपाली, रजनी लामा, आरोही कार्की, कमला गैरे, मनिषा बुढा, दशरथ डङ्गोल, सञ्जय थिङ, भिमसेन सापकोटा, कविता पुन मगर, कविता खत्री, तुलसा सुनुवार, सुवास गडाल, इन्द्र बस्याल सम्मानित भएका हुन् ।


