


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेकपा राष्ट्रिय एकता अभियानबीच एकता भएको छ । यसको औपचारिक घोषणा शुक्रबार एक कार्यक्रबीच हुनेछ ।
वामदेव गौतमलाई नेकपा एकीकृत समाजवादीमा तेस्रो वरीयताको वरिष्ठ नेता दिने सहमति भएको छ।
पाँच वर्षअघि नेकपा विभाजन भएर एमाले र नेकपा माओवादी हुँदा गौतम माधव नेपाल नेतृत्वको समाजवादीमा समाहित हुन पुगेका हुन्।
एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल पहिलो वरीयता, सम्मानित नेता झलनाथ खनाल दोस्रो वरीयतामा रहेका छन् । गौतम खनालपछिको वरीयतामा हुनेछन् ।
एमाले अध्यक्ष केपी ओलीले पनि एमालेमा आएपछि गौतमलाई उचित जिम्मेवारी दिने तर विधान महाधिवेशनले पद व्यवस्थापन गर्ने बताएका थिए । तर गौतमलाई ल्याउने पहल नगरेपछि उनी रुष्ट बनेका थिए ।
२०७८ सालमा नेकपा एमाले विभाजित भएपछि गौतम ओलीसँग असन्तुष्ट बन्दै सोही पार्टी छाडेका थिए ।


