रुपन्देही उपनिर्वाचन–शशी पौडेलको इन्ट्री, एमालेको ट्रम्प कार्ड बन्न सक्ने आशाको दियो

रुपन्देही–साउन २५– रुपन्देही क्षेत्र नम्बर ३ को आसन्न उपनिर्वाचनलाई राजनीतिक दृष्टिले अत्यन्तै चासोपूर्वक हेरिएको छ । कात्तिक १७ गते हुन लागेको उपनिर्वाचनमा पार्टीको क्षेत्र नं ३ को बैठकमा नेकपा एमालेबाट चार जनाको नाम प्रस्ताव भएको छ । नाम प्रस्ताव हुनेहरुमा पोलिटब्यूरो सदस्य तथा सोही क्षेत्रको इन्जार्ज समेत रहेका खिमलाल भट्टराई, पार्टी केन्द्रिय कृषि विभागका सदस्य तथा व्यवसायी शशी पौडेल, भैरहवाका यज्ञजित साह र सिद्धार्थनगर नगरपालिकाका पूर्वमेयर हरि अधिकारी छन । क्षेत्रीय कमिटी बैठकमा प्रस्तावित चार जनाको नाम जिल्लालाई सिफारिस गरिएको छ । अब जिल्लाले प्रदेशलाई सिफारिस गर्ने छ भने प्रदेशबाट केन्द्रमा गएपछि उम्मेदारको टुंगो लाग्ने छ । आकांक्षा राखेका ४ जनामध्ये भट्टराई र पौडेलबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको भए पनि पार्टीका अधिकांश नेताहरु भने पौडेलकै पक्षमा देखिन्छन । किन की पौडेललाई टिकट दिने पार्टीले निर्णय गरेमा जित एमालेकै हुने छ भन्ने उनीहरुलाई राम्रोसँग थाहा छ । २०७९ को निर्वाचनमा यो क्षेत्रमा एमालेले राप्रपाका दीपक बोहोरालाई सघाएर जिताएको थियो ।

यहाँका स्थानीय मतदाताले विगतका निर्वाचनमा कहिले पार्टीको लहरमा, त कहिले व्यक्तिगत प्रभावमा भोट हाल्ने गरेका छन । यस पटकको उपनिर्वाचनलाई अझ प्रतिस्पर्धी बनाउने तत्व भनेको, विभिन्न पार्टीका उम्मेदवार मात्र नभई स्वतन्त्र कडा उम्मेदवारहरू मैदानमा उत्रिने तयारीमा छन् । तर सबै दलहरु जितको खोजिमा छन । त्यसका लागि स्थानीय जनताहरुको मन बुझेको र भोटहरु आफ्नो पोल्टामा पार्नसक्ने क्षमतावान व्यक्तीको खोजि सबै दलहरुको छ ।

यस्तै संवेदनशील र प्रतिस्पर्धी चुनावी वातावरणमा, यदि एमालेले स्थानीय समाजसँग नजिकका, आर्थिक तथा सामाजिक क्षेत्र दुवैमा योगदान पु¥याएका व्यवसायी तथा उद्योगी शशी पौडेललाई टिकट दिने अन्तिम निर्णय गरेमा पार्टीले यस क्षेत्रमा बाजी मार्ने सम्भावना उच्च छ । शशी पौडेल कुनै साधारण नाम मात्र होइनन्न्—उनी दशकौदेखि रुपन्देहीमा कृषि, पशुपालन र उद्योग व्यवसायमार्फत रोजगार सिर्जना गर्दै आएका सफल उद्योगी हुन् । ठूला स्तरको गाईफार्म सञ्चालन गरेर स्थानीय कृषकलाई प्रविधि र बजारको पहुँच दिलाउने उनको प्रयासले धेरैको मन जितेको छ । पौडेल लामो समय शिक्षण र पत्रकारितामा समेत आवद्ध ब्यक्ती हुन । उनी सामाजिक जिम्मेवारीप्रति सजग व्यक्ति पनि मानिन्छन् ।

रुपन्देही ३ का मतदाताले पार्टीभन्दा बढी उम्मेदवारको इमानदारी, स्थानीय हैसियत र पहुँचको मूल्यांकन गर्दै भोट दिने प्रवृत्ति देखाएमा मात्र एक क्षमतावान जनप्रतिनिधि पाउने छन् । बाहिरबाट आयातित वा केवल पार्टीको आशीर्वादमा आएको उम्मेदवारभन्दा, स्थानीय भुइँमान्छे, जसले वर्षौँसम्म यस क्षेत्रको नाडी समातेका छन्, उनीहरूका लागि सहज विकल्प बन्न सक्छन शशी पौडेल ।

अर्कोतर्फ, कांग्रेस, माओवादी केन्द्र, र विभिन्न स्वतन्त्र समूहहरूले पनि यस क्षेत्रमा आफ्नो उम्मेदवार उतार्ने तयारी गरिरहेका छन । स्वतन्त्र उम्मेदवारहरूले ‘पार्टीको राजनीतिक स्वार्थभन्दा जनताको हित’ भन्ने नारालाई आफ्नो मुख्य एजेन्डा बनाउने सम्भावना छ, जसले पारम्परिक पार्टी उम्मेदवारहरूलाई चुनौती दिन सक्छ । यस्तो अवस्थामा, एमालेले शशी पौडेल जस्तो उम्मेदवारलाई अघि सारेर स्थानीय बनाम बाहिरियाको बहसमा अग्रता लिन सक्नेछ । राजनीतिमा आर्थिक लगानी र सामाजिक विश्वास दुवै महत्वपूर्ण छ । शशी पौडेलको पृष्ठभूमिले यी दुवै कुरा सँगसँगै बोकेको देखिन्छ—उनीसँग प्रचार–प्रसार र संगठन विस्तारको क्षमता मात्र होइन, मतदातासँग प्रत्यक्ष सम्बन्ध र आत्मीयता पनि छ । यसैले, उनी एमालेका लागि केवल उम्मेदवार मात्र होइन, ट्रम्प कार्ड’ बन्न सक्छन् ।

पछिल्लो समय जनताहरु केहि सचेत हुँदै गएका छन् । पार्टी जुन सुकै भए पनि क्षमतावान र जनताको मनोभावना बुझ्ने व्यक्ती छान्न थालेका दृष्टान्त हामिले यहाँ भन्दा अघिल्लो निर्वाचनमा समेत देखेकै हौ । एमालेले यहाँ जित हात पार्न चाहन्छ भने, जनतासँगको सम्बन्ध, स्थानीय हैसियत र इमान्दार छवि भएका व्यक्तिलाई अघि सार्नैपर्छ र शशी पौडेल त्यस्तो प्रोफाइलमा ठ्याक्कै फिट हुने नाम देखिन्छ

दुई दशकभन्दा बढी समयदेखि पशुपालन र दुग्ध उत्पादन व्यवसायमा संलग्न पौडेल रुपन्देहीकै सफल उद्यमी मात्र नभई सामाजिक सेवा र कृषक–मैत्री पहलका लागि पनि चर्चित छन । उनीद्वारा सञ्चालित आधुनिक गाइफार्मलाई प्रदेश मात्र होइन देशकै नमुना परियोजनाको रूपमा हेरिन्छ, जसले सयौँलाई रोजगारी दिएको छ । स्थानीय जनताले पनि उनलाई विकासको सपना बोकेको इमानदार नेताको रूपमा लिएका छन् । नेपालमा धेरै कमाएकाहरु अमेरिकन र युरोपियन देश गएर उतै बस्न रुचाउँछन् । तर विश्वका धेरै देश चहारेर अनुभव संगालेका एक किसान पौडेल नेपालकै गाइपालनमा मस्त छन् । कृषि क्षेत्रमा लगानी गरेर नेपालमै मनग्ये कमाउन सकिने उदाहरण पेश गरेका शशी पशुपालनबाटै अर्बौका मालिक बनेर उदाहरणीय ब्यक्ती बनेका छन् ।

प्रतिक्रिया