लिटिल आइडल नेपाल २०२५ : छैटौ संस्करणको प्रशिक्षण आउदो शनिवारबाट हुने

काठमाडौं-भदौ ११ । ट्रिवेल फेशन कन्सर्न प्रालीले दुई दशकदेखि निरन्तर आयोजना गर्दै आएको प्रतिष्ठित कार्यक्रम लिटिल आइडल नेपाल यस वर्षको छैटौ संस्करणमा प्रवेश गरेको छ । बालबालिकाहरुको क्षमता विकास, रचनात्मकता निखार र शैक्षिक अभिरुचि प्रोत्साहन गर्न लक्षित यो प्रतियोगिता भदौ १४ गतेबाट संञ्चालन हुने भएको छ ।
यस प्रतियोगितामा गोकर्णेश्वर नगरपालिका र अन्य क्षेत्रका विभिन्न विद्यालयका बालबालिकाले सहभागिता जनाउने छन । यस कार्यक्रमले बालबालिकालाई प्रयोगात्मक सिकाइ, मनोरञ्जन र रचनात्मकताका माध्यमबाट उनीहरूको क्षमतालाई उजागर गर्न अवसर प्रदान गर्ने छ ।
लिटिल आइडल नेपाल कार्यक्रममा सहभागी हुने इच्छुक बालवालिका अभिभावकहरु सँग भदौ ८ गते आइतवारका दिन साक्षात्कार कार्यक्रम होटल तिब्बत इन्टरनेशनल बौद्धमा सम्पन्न भएको थियो । बालबालिकाहरुको प्रतिभा र क्षमतालाई पहिचान गरी भविष्यका सम्भावनालाई उजागर गर्न कार्यक्रम विगत देखि नै एक प्रेरणादायी मञ्चका रूपमा स्थापित हुँदै आएको छ ।

प्रतिक्रिया