मुख्यमन्त्री चडेको गाडीले जेनजी युवाहरुलाई ठक्कर दिएर भाग्यो, केही युवा घाइते

९ मंसिर, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेल चढेको सवारीले कर्णाली प्रदेशका जेन जी युवाहरुलाई डक्कर दिएको छ । सोमबार कर्णाली प्रदेश कालिकोटको सान्नी त्रीवेणी गाउँपालिकामा नयाँ कार्यालय भवन उद्घाटनका लागि पुगेका मुख्य मन्त्री कडेलको सवारीले शान्ती पुर्ण विरोधमा बसीरहेका जेन जी युवाहरुलाई कुल्चीएर हिडेको भन्दै जेन जी युवाहरुले आक्रोस व्यक्त गरेका छन ।

मुख्यमन्त्री कडेलको सवारीले ठक्कर दिदा शान्तिपूर्ण प्रदर्शनमा रहेका केही युवाहरु घाइते भएका छन । घाइते युवाहरूको अहिले उपचार भइरहेको छ ।

घटनास्थलमा उपस्थित स्थानीय तथा जेन जीहरुका अनुसार गाउँपालिकाको मुख्य सडक नजिक युवाहरूले शान्तिपूर्ण रूपमा माग राख्दै प्लेकार्डसहित प्रदर्शन गरिरहेका थिए । तर सुरक्षाकर्मीले समेत उक्त प्रदर्शनलाई रोक्न हस्तक्षेप गरेको र बलको आडमा मुख्यमन्त्री चडेको गाडीले नियतबस युवाहरुलाई कुल्चीएर हिडेको भन्दै उनीहरुले आपत्ती जनाएका छन । यस्तै आज कर्णालि प्रदेशको सुर्खेतमा पनि जेन जी युवाहरुले विरोध प्रदर्शन गरिरहेका छन ।

प्रतिक्रिया